खेलकुद

युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य, आसिफ खानले हाने शतक

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा संयुक्त अरब इमिरेट्सले नेपाललाई विशाल लक्ष्य दिएको छ । ५० ओभर पूरै खेलेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामी दुवै बलर महंगा सावित भए । सन्दीपले १० ओभरमा ८० रन खर्चे । सोमपालले एक विकेट लिएर नौ ओभरमा ७२ रन दिए । नेपालका बलरलाई कसैले चुटेको हो भने आज युएईका बलर आशिफ खान र भृत्या अरविन्दले नै हो । सन्दीपले लगातार चार बलमा छक्कै छक्का खाए । आसिफले लगातार चार छक्का प्रहार गरेका हुन् ।

आजको खेल जितेमा नेपाल ग्लोबल विश्वकप छनोटमा सिधै प्रवेश हुनेछ । हारेमा नामिबिया जानेछ । अघिल्लो खेलमा ९५ रनमा अलआउट भएको युएईका खेलाडीले आज गज्जबको प्रदर्शन गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *