खेलकुद

रोहितको कप्तानीमा नेपाली राष्ट्रिय टिम घोषणा, सन्दीप समेत टीममा परे

काठमाडौं । फागुन २ गतेबाट सुरु हुने लिग टू अन्तर्गत नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टीमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टीममा पूर्वकप्तान सन्दीप लामिछाने पनि समावेश भएका छन् । बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई कात्तिक २९ गते उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसलगत्तै लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवा गर्दै उनी टिममै समावेश भएका हुन् । सन्दिप जोरा र भिम सार्की र अलराउण्डर कुशल मल्लले टिममा पुनरागमन गरेका छन् । युवा स्पीनर सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टिममा पर्दा आरिफ शेख र अर्जुन साउदले भने स्थान बनाउन सकेनन् ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल , आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *