राजनीति

गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ । 

एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२ औं बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो । 

बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव तयार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *