राजनीति

केपी ओली र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्षनेताबीच भेटवार्ता भएको हो ।

एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन् ।

नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन् । ‘वामदेव गौतमज्यूले भेट्न चाहेका हुन । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आएका छन् ,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *