अर्थ

‘बजेट कार्यान्वयनमा सरकार केन्द्रित’

काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट कार्यान्वयनमा प्रदेश सरकार केन्द्रित हुने बताएका छन् ।

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १७औँ बैठकमा मन्त्री विष्टले आगामी आर्थिक वर्ष २०७९र८० मा प्रदेशसभा सदस्यले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै प्रदेशको चार वर्षको बजेटमाथि समीक्षा गरी निर्माण गरिएको बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए । उनका  अनुसार प्रदेश सरकारले सर्वाङ्गीण क्षेत्र समेटेर नै बजेट ल्याइएको छ । प्रदेश सरकारको अन्तिम बजेट भए पनि यसलाई अधूरा योजना सम्पन्न गर्ने ध्येयका साथ बहुवर्षीय र क्रमागत आयोजना निर्माण जोड दिइने मन्त्री विष्टको भनाइ छ  । उनले भने  “सामाजिक विकास र सुरक्षाका लागि हुम्ला, डोल्पा, कालीकोट, मुगुमा ५०, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानका लागि १०० शै्ययाको अस्पताल निर्माण अगाडि बढाइएको छ ।” 

बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम १३२ उपनियम ६ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयगत विनियोजन माथिको छलफलका लागि १२ गतेदेखि १८ गतेसम्मको कार्यतालिका निर्धारण भएको सूचना गरे  । उनका अनुसार उक्त विनियोजन विधेयकअन्तर्गत उहाँले असार १३ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय १४ र १५ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको छलफल हुनेछ ।

असार १६ र १७ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र असार १८ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायधिवत्ताको कार्यालय र प्रदेश योजना आयोगका शीर्षकमाथि दफावार छलफल हुने उनले  जनाए ।

–––

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *