काठमाडौँ ।नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशन(आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो ।
भारतीय आयल कर्पोरेशन(आईओसी)ले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा १९ रुपैयाँ ९१ पैसा वृद्धि भएको निगमका प्रवक्ता विनित मणि उपाध्ययले जानकारी दिए ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ घाटा पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा र एल.पी.ग्यासमा प्रति सिलिण्डरमा ७ सय ५१ रुपैया १४ पैसा घाटा छ । हवाई इन्धन (बाह्य) र मट्टितेलमा भने निगमलाई केही नाफा छ ।
समग्रमा निगमलाई आगामी १५ दिनमा निम्न बमोजिम करीब रु.४ अर्ब ८१ करोड घाटा हुने निगमका प्रवक्ता उपाध्ययले जानकारी दिए ।





