समाचार

काठमाडौं महानगर : अझै २२ हजार मत गन्न बाँकी, बालेनको अग्रता कायमै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाअनुसार शाहले ५४ हजार ७१८ मत ल्याएका छन् । जुन दोस्रो स्थानमा रहेकी गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार बढी मत हो । सिर्जनाले हालसम्म ३४ हजार ६०८ मत प्राप्त गरेकी छन्।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत पाएका छन् भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत प्राप्त गरेका छन् ।

अब महानगरमा २२ हजार ५६४ मत गन्न बाँकी रहेको जनाइएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *