काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा हासिल गर्न नसके पनि गठबन्धनलाई नटुटाउने बताएका छन् । गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे जस्तो प्राप्त गर्न नसकेको र आगामी दिनमा गठबन्धन र आफ्नै पार्टी भित्र पनि यसबारे समीक्षा हुने उनको भनाइ छ ।
उनले भने,‘‘हामीले सोचे अनुसारको नतिजा नआएको पक्कै हो, यसबारे समीक्षा हुन्छ ।’ तर यही कारण गठबन्धन टुट्ने भन्ने हुँदैन । आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिन्न सक्ने गरी अगाडि बढाउने भन्दै यो निर्वाचनमा गठबन्धन गरेकाले नै पोखरा महानगर जित्ने अवस्था आएको र हेटौडा उपमहानगर विजय हासिल गरेको उनले बताए ।
‘एक महानगर र एक उपमहानगर हाम्रो पार्टीले जित्नु भनेको पनि गठबन्धनकै सहयोगका कारण सफल भएको यो एउटा उपलब्धि नै मान्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगमनका पक्षधरहरु अझै सल्बलाइरहेकाले सत्ता गठबन्धन अर्को निर्वाचनसम्म लैजानु आवश्यक रहेको औँल्याए ।
‘




