समाचार

बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

काठमाडौं । बागमती प्रदेश सरकारले १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १३ जेठ बिहान ११ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरूप ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने कार्यविधि पास गरेको छ । साथै बैठकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *