रिबन

बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु : नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । मोदी आज सोमबार विहान १०ः४५ बजे लुम्बिनीको भैरहवामा प्रवेश गरेका हुन ।

त्यसपछि उनी लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनका लागि अघि बढेका छन । मायाँदेवीको मन्दिर पुगेर उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासंगै प्रार्थना गरे । उनले नेपालमा बुद्धजन्म स्थल आउन पाएकोमा खुशि व्यक्त गरे ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।

आज उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका छन् ।

एक दिने भ्रमणमा आएका मोदीकाे आज साँझ नै स्वदेश फर्कने तयारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *