रिबन

स्थानीय निर्वाचन : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गर्ने

काठमाडौं । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा काठमाडौंबाट भोट हाल्ने भएका छन् । उनका प्रमुख स्वकीय सचिव भरत तिवारीले कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गर्ने बताए ।

नवलपरासीबाट संघीय निर्वाचन लड्दै आएका कोइरालाको मतदाता नामावली काठमाडौंमा रहेको छ । काठमाडौंको महाराजगञ्ज निवासी कोइरालाले शुक्रबार विहान ८ बजे भ्याली स्कुलको मतदान केन्द्रमा भोट हाल्न तयार रहेको तिवारीले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसका नेता धनराज गुरुङले रानीचरी आधारभुत मा.वीबाट मतदान गर्ने भएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *