काठमाडौंँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूले चितवनको भरतपुरमा बोलेको सत्य कुरालाई कतिपय मिडियाले गलत प्रचार –प्रसार गरेको बताएका छन् ।
दाङको तुलसीपुरमा आज आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनतालाई धम्क्याएर आफ्नी छोरी जिताउने पक्षमा लागेको भन्नु नकरात्मक भएको बताएका छन् ।
‘अध्यक्ष प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्रीजी लगायत हामी गठबन्धनका सबै नेताहरू भरतपुरमा या काठमाडौं महानगरपालिकाका सभामा जाँदा भनेको कुरा गठबन्धन एउटा ठूलो प्रतिगामी षड्यन्त्र, लोकतन्त्र विरोधी षड्यन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो।’
तर यस विषयमा नकरात्मक टिप्पणी भएको प्रचण्डले बताए । उनले भने,‘ अन्य प्रतिपक्षको टिक्का टिप्पणीमा जनतादलाई धम्काइएको भन्ने सुनिए तापनि त्यस्तो दुसाहस नभएको समेत प्रचण्डले उल्लेख गरे । प्रचण्डले आफूहरूको गठबन्धन प्रतिगमन र बिखण्डनकारीविरूद्ध भएको पनि बताएका थिए।
अहिले अग्रमनकारी पाँच दलीय गठबन्धन र प्रतिगमनकारी शक्तिका बीचमा केपीले गठबन्धन गरेको भन्दै त्यसलाई परास्त गर्न नसके देश दुर्घटनामा पर्ने उनको भनाइ छ ।
‘गठबन्धनका उम्मेदवारलाई विजयी गराएरमात्रै प्रतिक्रान्ति र प्रतिगमनको षड्यन्त्रलाई परास्त गर्न सकिने उनको दावी रहेको छ । यही पक्षलाई लिएर छोरी जिताउनका लागि प्रचण्डले यस्तो बताएका हुन भन्ने नकरात्मक सन्देश बाहिरिएको छ । तर यस विषयलाई लिएर मैँले आपति जनाएको तर प्रष्ट पारेको प्रचण्डले बताए ।
एउटा निकै ठूलो प्रतिगामी, संविधान विरोधी, गणतन्त्र विरोधी, लोकतन्त्र विरोधीलाई परास्त गर्ने क्रममा यो गठबन्धन बनेको दोहोर्याउँदै प्रचण्डले तुलसीपुरबासीलाई स्थानीय निर्वाचनमार्फत् गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गरेका छन । उनले भने,‘ यदि गठबन्धनमा मतदान गरेमा मात्र हामीले सफलता हासिल गर्न सकिन्छ ।’
विगतका तीता–मीठा अनुभवबाट शिक्षा लिएर यो गठबन्धन खाली स्थानीय निर्वाचनका लागि मात्रै नभई संघीय निर्वाचन र विकास र समृद्धिलाई अगाडि बढाउन केही दशकसम्म जान जरूरी रहेको समेत प्रचण्डले उल्लेख गरे । तर यसमा नेताहरु, कार्यकर्ता तथा सम्पूर्ण जनताले बुझ्नुपर्ने उनको भनाइ छ ।
गठबन्धनका उम्मेदवारले विजयी प्राप्त गरे मात्रै प्रतिगमन परास्त हुने उनको भनाइ थियो।
देशभर गठबन्धन गरेर प्रतिगमनविरूद्ध एकताबद्ध हुन चुनावी तालमेल गरेको भन्दै उनले अब साझा उम्मेदवारहरूलाई विजयी बनाउन जरूरी रहेकोमा जोड दिए।
उनले नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्न गठबन्धनका सबै दलहरूलाई आग्रह समेत गरे ।




