काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नै नभएको बताएका छन् ।
पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेर नै नेपाली कांग्रेसको पार्टी सरकारमा आउनु परेको बाध्यात्मक अवस्था सिर्जना भएको समेत थापाले बताएका छन ।
आज बिहान काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले सिर्जना गरेको हो भन्ने प्रश्न समेत उनले गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा कांग्रेसले सोध्नै पर्दछ ।
तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको समेत उनले उल्लेख गरेका हुन । ‘संसद विघटन विशुद्ध पार्टी भित्रको कारणले गर्दा सिर्जना गरेको अवस्था भएको उनको भनाइ छ ।
प्रतिपक्षमा बसेको कांग्रेसलाई आग्रह गरेर सरकार बनेको महामन्त्री थापाले उल्लेख गरे । ‘२०७४ देखि २०७९ सालसम्मको अवधि खेर गएकाले अव हामीले जनतालाई बुझाएर त्यो बेलाको सम्झना गराउनै पर्ने थापाले बताए ।




