समाचार

खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी

काठमाडौ । खोटाङका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेद्‌वारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि एक हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो ।

१० जना अध्यक्षरप्रमुखका लागि ४६ जना र १० उपाध्यक्ष तथा उपप्रमुखका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।

७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडा सदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *