ताजा समाचार

अहिलेसम्म राप्रपाले कति महानगरपालिकामा उम्मेदवारको टुंगो लगायो ?

काठमाडौं । राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । उक्त पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, गिरिश गिरी, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार चुनेको हो ।

यसैगरि राप्रपाले उपमेयरको पनि टुङ्गो लगाएको छ । काठमाडौंको​ उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम निश्चित भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी २ महानगरले अलि अवेरसम्ममा टुङ्गो लगाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *