रिबन

जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन नसकेको प्रचण्डको दावी

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् ।

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् ।

‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायएको तर पखाला लागेर पचाउन नसकेको प्रचण्डले बताए ।

अब जनताको विश्वासलाई माओवादीले गुम्न नदिने भन्दै प्रचण्डले आसन्न निर्वाचनपछि माओवादीले देशको नेतृत्व लिने दाबी गरे ।

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ ।

देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *