काठमाण्डाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन। सत्ता गठवन्धनमा सहमति जुटाउन कठिन भएकाे बेलामा उनले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएपनि पार्टीहरूकाे हैसियत अनुसार मात्र सिट वाडफाड हुने वताए। उनले संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्ने वताए । महामन्त्री शर्माले स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउने ठाेकुवा पनि गरे । उनले आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी अघि वढिरहेकाे वताए । देश विकासको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता एमसिसीबारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताए ।




