काठमाण्डौं । नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरवहादुर देउवालाइ भेटेको भोलिपल्ट सोही पार्टीका दुइ नेताले भने खुमलटार पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका छन । नेकपा नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश ओलीले विहिवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ मात्र होइन,उनकी विरामी श्रीमती सीता दाहाललाइ पनि भेटेका छन । खुमलटारको यो भेटमा वास्तोलाले प्रचण्डलाइ नेकपाका नेता कार्यकर्ता छुटाउन आग्रह गरेको वताइन्छ तर कुरा यति मात्र भने होइन । नेकपाका नेताहरुले प्रचण्डसंग वृहद कम्युनिष्ट एकताको कुरा पनि गरेका छन । हालै मात्र नेकपाका कैयौं नेता कार्यकर्ता माओवादी प्रवेश गरेको कुरा सेलाउन नपाउदै वास्तोलाले प्रचण्डलाइ भेटेर वृहद एकताको प्रस्ताव गरेका छन । र,यहि भेटमा प्रचण्डले चुनावमा भाग लिन आग्रह पनि गरेका थिए । तर नेता वास्तोलाले अहिले चुनावमा भाग नलिने,पार्टी दर्ता पनि नगर्ने र पार्टीका नेताहरु स्वतन्त्र उम्मेदवार वन्न चाहेमा वाटो पनि नछेक्ने नीति लिएको वताएका छन ।




