रिबन

डा.शशांक भन्छन-६ कराेड दिने मान्छे भए म चुनाव लडदिन

काठमाण्डाैं । वीपीपुत्र तथा नेपाली कांग्रेसका पुर्वमहामन्त्री डा.शशांक काेइरालाले चुनाव अति महंगाे भएकाे वताएका छन।उनले राजधानीमा सम्वाेधन गर्दै चुनावमा लाग्ने खर्चकाे फेहरिस्त प्रस्तुत गरेका छन।

उनले याे चुनावमा ६-७ कराेड खर्च गर्न सक्ने मान्छे भए अाफु चुनाव छाडेर चुप लागेर वस्ने वताएका छन।उनले चुनावकाे खर्च वताउदै भनेका छन-तपाइलाइ थाह छ नवलपरासीकाे गैंडाकाेट १ बाट मैले चुनाव लडदा कति खर्च भयाे ? पहिलाे पटक लडदा ८० हजार खर्च भयाे। महामन्त्री काेइराला यति भनेर चुप लागेनन।वरू अफ दे रेकर्ड भन्दै यसपछिकाे चुनावमा ३ कराेड खर्च भएकाे विवरण सुनाए। तिन पटक चुनाव लडेर तिनै पटक जितेका डा.काेइराला अघिल्लाे चुनावमा ६ कराेड खर्च गरेकाे वताए।र,यसपटक यदि कसैले ६-७ कराेड खर्च गर्न सक्ने क्षमता राख्छ भने अाफु त्यस्ताे मान्छेलाइ छाडेर चुप लागेर वस्ने वताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *