रिबन

निर्वाचन आयोगले १० दिनमै हटायो ७१ निर्वाचन अधिकृत, नयाँ नियुक्ति (सूची)

काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ । उनीहरुको सट्टामा नयाँ कर्मचारी नियुक्त गरिएको छ ।

आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची-१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो ।

उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ । नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ ।
यस्तो छ नयाँ नियुक्त हुने निर्वाचन अधिकृतको सूची

[pdfjs-viewer attachment_id=213212 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/Election-Commission-List.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/Election-Commission-List.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *