यहाँ ढाँट आँट्नेहरू छन् हजार
यहाँ आँटिलाभै नहोऊन् जँघार
नहोस् देहव्यापार देवीहरूको
नहाओेस् थलो तस्करी आसुरी त्यो ।१।
छ आसक्त आशा धनै शक्ति कालो
बिचौली छ जालो कुमान्छे तुवाँलो
कमाएर मान्छे जमाएर ज्यादा
अझै लालची बेइमानी छ ब्याधा ।२।
कहाँ ख्याउटो ऊ खुला खेल्छ खेल
अहो ! मूर्ख माखो अनेकौँ छ झेल
यहाँ स्वार्थ धेरै भयो व्यर्थ मान्छे
दुखाएर अर्को सुखी ठान्छ मान्छे ।४।
बिलौना र डाको कठै राजधानी
बनेको छ ऐया महाकूुर बानी
जहाँ कष्ट भोगाउने किम्बरै झैँ
अह्म राजधानी बहिर्लापिका भो ।५।




