काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरको युएईले ४६.३ ओभरमा १६८ रन बनाउदा अल आउट भएको हो ।युएईका लागि रोहन मुस्तफा र चुन्दांगापोयिल रिजवानले ४०-४० रन बनाए भने मुहमद वासीमले २१ रन बनाएका थिए । त्यस्तै काशिफ दाउदले १८ रनको योगदान दिए भने बसिल हमीदले १४ र कप्तान अहमद राजाले १३ रन बनाए ।
युएईलाई सस्तैमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । बलर सोमपाल कामीले सर्बाधिक ४ विकेट लिए । सोमपालले ९ ओभरमा ३९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै करण केसीले ३ विकेट लिएका थिए भने कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सगर ढकालले एक एक विकेट लिएका थिए ।
जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई २ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।




