रिबन

मुख्य समाचार : स्थानीय निर्वाचनको तयारीमा लागे दल, कांग्रेस नेता गाउँमा, एमाले नेता जाने तयारीमा

काठमाडौं । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री नेपाल भ्रमणमा आएका छन् । दुईदिनसम्म हुने उनको भ्रमणका क्रममा नेपाल र साउदी अरबका बिचमा सहमतिपत्रमा समेत हस्ताक्षर हुनेछ । मंगलबार उनले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सबै तहको चुनाव सम्पन्न भएको छ । गत भदौमा महाधिवेशनका सबै काम सक्नुपर्ने भएपनि ३ महिना ढिला शुरु भएको अधिवेशनअन्तर्गतका सबै तहको चुनाव ६ महिनामा सकिएको हो । सम्पन्न भएको महाधिवेशनअन्तर्गत धेरै जिल्लाको नेतृत्वमा भने सभापति शेरबहादुर देउवा पक्षका रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा भयरहित ढंगले चुनाव गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नुवाकोटमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी बैशाखमा स्थानीय तहको चुनाव हुने र सबैले चुनावमा भाग लिने वातावरण बनाउने समेत बताए । उनले एमसीसीका बारेमा कम्युनिष्ट दलका नेताहरुले भ्रम फैलाएको समेत बताए । प्रधानमन्त्री देउवाले एमाले नेता भीम रावलले एमसीसीको विरोध गर्न लाज मान्नुपर्ने समेत बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्लि इलेक्सनको सम्भावना नरहेको बताएका छन् । धनगढीमा अध्यक्ष प्रचण्डले एमालेले संसद अवरोध गरिरहेका कारण अर्लि इलेक्सनको बहश भएको भएपनि अब स्थानीय तहको चुनावमा केन्द्रीत हुनुपर्ने बताए । उनले स्थानीय तहको चुनावमा गठबन्धनबिच तालमेल हुने वा नहुने भन्ने निर्णय भइनसकेको समेत बताए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ । जसपाले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो ।

केन्द्रमा चुनावी तालमेल हुने वा नहुने अन्यौल रहेका बेला अर्घाखाँचीमा भने सत्तारुढ दलका बिचमा चुनावी तालमेल हुने भएको छ । अब हुने तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने अर्घाखाँचीका ५ दलबीच सहमति भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीका बिचमा तालमेल हुने भएको हो ।

युद्धमा रहेका रुस र युक्रेनका बिचमा तेस्रो चरणको वार्ता सम्पन्न भएको छ । दुईसाता लामो युद्ध चलिरहेका बेला दुइृ देशका बिचमा छलफल भएको हो । छलफल सकारात्मक भएको दुबै देशका प्रतिनिधिहरुले दाबी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *