रिबन

युक्रेनबाट नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं ।सत्तारूढ दल नेपाली कांग्रेसले सरकारलाई युक्रेनमा रहेको नेपालीको उद्धारको प्रबन्ध मिलाउन आग्रह गरेको छ।

कांग्रेस प्रवक्त प्रकाशशरण महतले पूर्वी युरोपमा रहेको युक्रेनमाथि छिमेकी मुलुक रुसबाट भएको सैन्य हस्तक्षेपका कारण अध्ययन, रोजगारी र उद्योग व्यवसायका लागि पुगेका नेपालीहरूको सुरक्षाका बारेमा कांग्रेसको ध्यानाकर्षण भएको बताएका छन्।

प्रवक्ता महतले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको अनुरोधमा सरकारले त्यहाँ रहनुभएका नेपालीहरुलाई उद्धार गर्ने प्रबन्ध पनि मिलाइरहेको छ। हामी युक्रेनको राजधानी किभि र युद्ध प्रभावित क्षेत्रमा रहनुभएका सबै नेपालीलाई सुरक्षित स्थानमा रहन र युक्रेन समेत हेर्ने जिम्मेवारी प्राप्त जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले दिएका निर्देशनहरूको पालना गर्न आग्रह गर्दछौं। हामी त्यहाँ रहेका सबै नेपालीलाई सुरक्षित रूपमा शीघ्र उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गर्दछौँ।’

नेपालीको सुरक्षा र उद्धार कार्यमा सरकारले गरेका प्रयासमा समन्वय गर्न र सघाउन युक्रेन र छिमेकी मुलुकमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संगठनलाई पनि आग्रह गरेको छ।​ रूसले युक्रेनमाथि तीन दिनदेखि लगातार आक्रमण गरिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *