रिबन

देउवा र ओलीको भेटअघि बालकोटमा एमाले-कांग्रेस नेताबीच छलफल

काठमाडौं ।अमेरिकी अनुदान परियोजना (एमसिसी) पारित गर्न सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज अपराह्न ५ बजे भेट हुने भएको छ ।

आज दिउँसो ३ बजे नै देउवा र ओलीबीच भेटवार्ता तय भएको थियो। तर, कांग्रेस नेताहरू आन्तरिक छलफलमा बसेका हुनाले बैठक ५ बजेलाई सारिएको हो। उक्त बैठकभन्दा पहिले ४ बजे कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ। बैठकका लागि एमाले नेताहरू बालकोट पुगिसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *