रिबन

कांग्रेस एमालेबीच आज पनि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ । एमसीसीसँगको सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् ।

एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट सहयोग प्राप्त नहुने भएपछि देउवाले एमालेको साथ खोजेका छन् ।

शुक्रबार राति पनि एमाले अध्यक्षसहित एमाले नताहरुकसँगको छलफलका लागि देउवासहित कांग्रेस नताहरु बालकोट पुगेका थिए

बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ ।

कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर शुक्रबार बेलुकी ओलीको निजी निवास बालकोट पुगेका थिए ।

दिनभर सत्ता पक्षका सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीसँग छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *