काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आज को बैठक स्थगित भएको हो ।
आज १ बजेका लागि तोकिएको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल हुने कार्यसूची रहेको थियो ।
आजको बैठक स्थगित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनुरोध गरेको बुझिएको छ ।
अर्को बैठक शुक्रबार १ बजे बस्ने भएको छ । संसद सचिवालयले सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।





