राजनीति

ओलीलाई भेटेलगत्तै गृहमन्त्री खाडले भेटे प्रचण्ड

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुधबार बिहान भेटेलगत्तै गृहमन्त्री बालकृष्ण खाडले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देशसहित गृहमन्त्री खाड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसलगत्तै उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी पारित गर्ने गृहकार्यमा सरकार जुटेका छन् । त्यसको पूर्वतयारी स्वरुप कांग्रेस नेता समेत रहेका मन्त्री खाड शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।

प्रचण्डसँगको भेटमा एमसीसी पारित गर्ने विषयमा छलफल भएको मन्त्री निकट स्रोतले जनाएको छ ।

प्रचण्डले भने एसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् । अहिलेकै स्थितिमा पारित हुने स्थितिमा गठबन्धन ताड्ने समेतको चेतावनी प्रचण्डले यसअघि नै दिइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *