शिक्षा / स्वास्थ्य

नेपालमा जिका भाइरसको पिसिआर परीक्षण सुरू

काठमाडौं ।नेपालमा जिका भाइरसको पिसिआर परीक्षण सुरु गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरू गरिएको हो।

प्रयोगशालामा मंगलवारदेखि जिकासँगै चिकनगुनिया र डेँगु भाइरसको पनि पिसिआर परीक्षण सुरु भएको छ। जनस्वास्थ्य प्रयोजनका लागि हाललाई परीक्षण निःशुल्क रुपमा सञ्चालन गरिने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिइन्।

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ। यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन्। नेपालमा अहिलेसम्म डेंगु र चिकनगुनिया देखिए पनि जीका भाइरस देखिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *