रिबन

बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु

बैतडी।बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । पाटन नगरपालिका-३ स्थित झालीमाली भिरबाट ट्रिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो ।

उक्त ट्रिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ । 

दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको उनले बताइन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *