काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको छ।
सोमबार बसेको सचिवालय बैठकले एमसिसीविरुद्ध वातावरण बनाउने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘एमसिसीमा हाम्रो अडान यथावत् छ। हिजो सरकारले संसदमा पेश गरेको एमसिसीको विपक्षमा मतदान गर्ने र वातावरण तय गर्न पहल गर्ने निर्णय गरेका छौँ।’
एमसिसी पास गर्ने शर्तमा सरकारमा नगएको उनले प्रष्ट पारे।प्रवक्ता खतिवडाले भने, ‘सरकारभन्दा देश ठुलो हो। हामी राष्ट्रियताको पक्षमा उभिन्छौँ। सरकारमा बस्ने र बाहिर जाने कुरा परिस्थितीले तय गर्छ।’




