काठमाण्डाैं । एमसीसीका कारण तनावमा परेका नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब नेपाली कांग्रेसमा अन्तरविराेध गराउन थालेका छन।
एमसीसीलाई लेखेकाे पत्र सार्वजनिक भएपछि निकै रानीति नै संकटमा परेका प्रचण्डले खुमलटारमा नेपाली कांग्रेसका सभापतिमा हारेका नेता डा.काेइरालालाई अबकाे राष्ट्रपति बनाउने बचन दिएका छन। खुमलटार स्राेतका अनुसार,काेइरालाले एक पटक मात्र सभापति उठने बताएकाेले अब उनकाे लागि उपयुक्त पद राष्ट्रपति हुने भन्दै प्रचण्डले फकाएका छन।
यसअघि प्रधानमन्त्री वन्न प्रचण्डले बारम्वार भन्दा पनि नमानेर प्रचण्डकाे भर छैन भन्दै देउवाले भाषण गरेपछि बाेहराटार पुगेर उनले रामचन्द्र पाैडेललाई भेटेका थिए। यसपछि पाैडेलले कांग्रेस सरकारमा जानुपर्छ भनेर बाेल्न थालेका थिए। तर,देउवाले मानेनन।अन्तमा जब साच्चिकै सरकार वन्ने बेला भयाे तब देउवाले माने।पाैडेलकाे उतिवेला देउवा प्रधानमन्त्री भएमा सभापति हुन पाउछु भन्ने चाहना थियाे तर परिणाम ठीक उल्टाे भयाे ।
यसपटक पनि एमसीसीलाई लेखेकाे पत्र वालुवाटारबाटै सार्वजनिक भएकाे प्रचण्डकाे बुझाइ छ। यहि कारण उनी निकै रक्षात्मक अवस्थामा छन। यसैले काेइरालालाई प्रयाेग गरेर देउवालाई गलाउने उनकाे दाउ छ । यसैले कांग्रेस पदाधिकारी वैठकमा एमसीसीकाे मुद्धा एजेण्डामा नभएपनि देउवाले बहस गराए । र,प्रचण्डलाई भेटेलगत्तै काेइरालाले पनि पाँच बुँदे सुधारका उपाय भन्दै पार्टी वैठकमा पेश गरेका छन। उनी देउवा हिडेकाे भन्दा फरक बाटाेमा हिडन खाेजेकाे भान पार्दैछन तर समग्रमा कांग्रेस एमसीसीकाे विपक्षमा छैन।




