राजनीति

माओवादीको केन्द्रीय कमिटीको बैठकः यी विषयमा छलफल हुने…

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। शुक्रबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बैठक बोलाईएको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताएका छन् ।

बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने सचिव ढकालले बताए ।गत पुसमा ८ औं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन ।

गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजित ८ औं महाधिवेशन २३६ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।

बिहीबार बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *