काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान नेकपा (एस) का अध्यक्ष नेपाल प्रचण्ड निवास खुमलटार पुगेका हुन्। भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट शक्ति बस्नेत पनि सहभागी रहेको स्रोतले जनाएको छ ।
आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक एमसीसी विवादका कारण पुनः स्थगित गरिएसँगै सत्ता गठबन्धनका दुई शीर्ष नेताहरुको भेटवार्तालाई विशेष महत्वका साथ हेरिएको छ ।




