राजनीति

सातै प्रदेशमा एमालेको चुनाव केन्द्रित प्रशिक्षण, यस्तो छ कार्यतालिका…

काठमाडौं । नेकपा एमाले स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम गर्न लागेको हो । मंगलवार शंकर पोखरेलले प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिदएका हुन् ।

दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने तय भएको एमालेले जनाएको छ ।


उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

यस्तो छ कार्यतालिका

प्रदेश नं १– फागुन १– २, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

वागमती प्रदेश– फागुन ६–७, काठमाडौं

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल र दाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेतसुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *