राजनीति

एमसीसी पत्र सार्वजनिक भएपछि प्रचण्डले बोलाए केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लेखेको पत्र सार्वजनिक भएपछि दबाबमा परेका प्रचण्ड’ ले यसै विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

बैठक माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा बस्दैछ ।

केन्द्रीय समिति बैठक पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन बोलाइएको भए तापनि एमसीसी बैठकको मुख्य एजेन्डा बन्ने भएको छ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूसँग यस विषयमा आन्तरिक छलफल अगाडि बढाएका छन् । माओवादीभित्रै नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरूले एमसीसीलाई प्रचण्डले लेखेको पत्रलाई लिएर चर्को आलोचना गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *