राजनीति

एमाले माैन किन छ ?

काठमाण्डौं । मिचेर भएपनि संसदबाट एमसीसी पास गर्नुपर्छ भन्ने नेकपा एमाले यतिवेला मौन छ । पार्टी अध्यक्ष केपी ओली देखि कमिटीको सदस्यसमेत पहिला गठवन्धन बाेलोस अनि हामी बाेलौंला भन्न थालेका छन । प्रधानमन्त्री हुँदा समेत एउटै मञ्चमा एक घण्टा ५१ मिनेटसम्म वोल्ने केपी ओली जतिको बकलोल समेत यतिवेला मौन छन ।

कुनै बेला एमालेलाई हेरेर डा.बाबुराम भट्टराइले लिंग नछुटिएको न भाले न पोथी भनेर ब्यग्य कसेका थिए । यसपछि जब ओलीको हातमा सत्ता आयो तब उनले नमिठो कुरा पनि प्रकट भएर भन्न थाले । यसपछि एमालेले भन्न थाल्यो–अब त हाम्रो लिंग थाह पायौ ? तर,साढे तीन बर्ष सरकारमा वस्दा जसरी पनि एमसीसी पास गर्नुपर्छ भन्ने एमाले यतिबेला मुखमा दही जमाएर किन वसेको छ ? किन ?


एमालेको पूर्वधारणा हेर्ने हो भने उ एमसीसी पास गर्न हतारिएको दल हो । तर,पछिल्लो समय नेपाली कांग्रेस एमसीसी पास गरौं भन्ने दल हो । उसको लाइन क्लिएर छ । माओवादी र एकिकृत समाजवादी विवादित वुँदा संशोधन गरेर पास गरौं भन्नेमा छन । उनीहरुले पनि आफनो भनाइ प्रष्ट राखेका छन तर नेकपा एमालेको लाइन के हो ? पास कि फेल ? संसदको सवैभन्दा ठूलो दल यसरी मौन वस्दा अब चुनावमा तत्काल नाफा त होला तर राष्ट्रलाईके हुन्छ ?


एमसीसी लिन पनि सकिन्छ र नलिन पनि सकिन्छ । यसका बुँदा वुदामा बहस गर्न संसद खोल्न पनि सकिन्छ तर यसको ढोकामा भोटे ताल्चा लगाएर किन बसेको छ एमाले ? कुन शक्ति र स्रोतको दवावमा यसरी मौन छ एमाले ?

स्रोतको कुरालाई विश्वास गर्ने हो भने यतिवेला पनि एमालेलाई माओवादी र माधव सँमिलेर जान चर्को दवाव चीनको छ । चिनिया राजदुतको सक्रियता छिपेको विषय छैन । यहि कारण केपी ओली मौन छन वा अन्य कारणले ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *