राजनीति

कांग्रेसले सभामुख सापकोटामाथि महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं : नेता रायमाझी


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।


आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनु पर्ने पक्षमा रहेको पनि खुलाए । उनले भने,‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’
साक्षात्कारमा बोल्दै रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताएका छन् । यद्यपि आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउने बारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हामीले सभामुखमाथि महाभियोग लगाउने बारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’


रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ ।
रायमाझीले अमेरिकी सहयोग सम्झौता (एमसीसी)को सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने,‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस । संसद्मा टेबुल भएपछि हामी सोच्छौं। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।’ उनले प्रधानमन्त्री शेरहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझावदिए ।


उनले एमसीसीको सवालमापहिले सरकार तात्नुपर्ने बताए । उनले भने,‘पहिलेतावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हातपोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस ।’


रायमाझीले नेपालमाजतिसक्दो छिटो ट्रान्समिसन लाईन आवश्यक रहेको सुनाए । उनले भने–‘नेपालमा हाईड्रोपावरको प्रोजेक्ट दिनप्रतिदिन सम्पन्न हुँदैछन् । अब चाहिनेभन्दा बढि उर्जा आउँदैछ । निर्यात गर्नुपर्छ भनेका छौं । भारत,पाकिस्तान, बंगलादेशसँग बजार खोज्ने हो । लागिट्रान्समिसन लाईन बनाएनौं भने नेपालमा उत्पादित विजुली खपत हुँदैन् । यो लस हुन्छ । ट्रान्समिसन लाईन छिटो बन्नुपर्छ । एमसीसी सहमति गरेर पास गराउनु पर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *