काठमाडौं । नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागमा ९ जना सदस्य थप भएका छन् । बुधबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रचार विभागमा ९ सदस्य मनोनित गरेको हो ।
बैठकले गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्कालाई प्रचार विभाग सदस्यमा मनोनित गरेको हो।
एमाले प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाल छन्।
प्रचार विभागका साथै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनित गरेको छ।




