काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरको एक पार्टी प्यालेसमा सुरु भएको छ ।
बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
त्यसैगरी बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनको रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।




