काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन् ।
साथै कोरोना महामारी कायमै रहेकाले चाडपर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन पनि उनले अपील गरेका छन् । सोनाम ल्होछारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने समेत उनले विश्वास व्यक्त गरेका छन् ।




