काठमाडौ । भारतमा मंगलबार सन् २०२२(०२३ को बजेट प्रस्तुत गरिएको छ । अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लो सदन लोकसभामा बजेट प्रस्तुत गरिरहेकी छन् ।
नयाँ बजेटमा भारत सरकारले सन् २०२२(२३ मा विपन्न वर्गलाई ८० लाख घर बनाइदिनेछ । त्यस्तै, ६० लाखजनालाई रोजगारी दिइने र अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख छ ।
त्यस्तै, राष्ट्रिय राजमार्ग २५ हजार किलोमिटर विस्तार गरिने, हुलाक कार्यालय अनलाइन बनाइने र आईटी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाइएको छ।
डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ । बजेटमा किसानका लागि धेरै ठूलो राहत दिने घोषणा गरिएको छ ।




