कर्णाली प्रदेश

कर्णाली प्रदेश सभाको बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभाको ९ औं अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगित भएको सुचना टाँसेको छ । बैठक आज दिउँसो १० बजे का लागि बोलाइएको थियो ।

माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा एमालेले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्ने लगायत माग गरेको थियो ।

यस विषयमा ३ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको ३ सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।

जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा एकीकृत समाजवादी प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार माघ १८ गते दिउँसो १० बजेका लागि बैठक बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *