काठमाडौं । नेकपा एमालेका दुई जना नेता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्च क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासंघका केन्द्रीय सचिव चिरञ्जीवी अधिकारी र एमाले चौरीदेउराली काभ्रेका नेता तथा युवा व्यवसायी रमेश गौतम एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।




