राजनीति

देउवा-प्रचण्ड भेटवार्ता,एमसीसीका कारण गठबन्धनमा खटपट हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाले गत शनिबारको गठबन्धन बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गराउनका लागि दलहरुसँग दवाब दिएसँगै गठबन्धमा विवादको स्थिति देखापरेको छ ।

सोमबार विहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा १ घण्टा लामो छलफल भएको छ ।

छलफलका विस्तृत विवरण हाल खुलाइएको छैन । प्रचण्ड निकट स्रोतका अनुसार एमसीसीकै कारण गठबन्धनमा कुनै खटपट नहुने बताइएको छ ।

एमसीसीको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी देखिएको छ । त्यसैगरी सत्ता प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्नमा सघाउने वचन दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाएको खण्डमा आफूले एमसीसी पास गर्न सघाउने भन्दै उनले देउवा समक्ष च्याँखे थापेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा कुनैपनि हालतमा एमसीसी स्वीकार गर्न नसकिने बताएको छ ।

यस परिस्थितिमा दुई शीर्ष नेताहरुको भेटलाई विशेष रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *