समाचार

संविधानसभा सदस्य दुमनसिंह थापाको निधन

काठमाडौं । नेकपा (एस) का नेता संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ ।

अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको उपचारका क्रममा मुत्यु भएको सचिवालयले जनाएको छ ।

६२ वर्षीय थापाको ह्याम्स अस्पताल काठमाडौंमा उपचारका क्रममा आइतबारसाँझ निधन भएको हो ।

केही समय अघि उनको मिर्गौला प्रत्यारोपण गरेका थिए। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।

उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् । नरपानी अर्घाखाँची स्थायी घर भएका थापा हाल नेकपा एसको केन्द्रीय निर्वाचन कमिटी सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *