राजनीति

कांग्रेसको भर्चुअल बैठक, देउवाले पार्टी कार्यालय पुगेर बैठकको अध्यक्षता गरे

काठमाडौं । शुक्रबार दिउँसो तीन बजेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।

बैठक शुर्चुअल माध्यमबाट सुरु भएको हो।

बैठक भर्चुअल भएपनि सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका छन् ।

यस्तै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सानेपाबाट बैठकमा जोडिएका छन् ।

सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छ।

कार्यसम्पादन समितिमा पदाधिकारी पदेन सदस्य हुने व्यवस्था भने सभापति देउवा बाँकी सदस्यको नाम प्रस्ताव गर्ने बुझिएको छ ।

३१ सदस्य प्रस्ताव गर्नुपर्नेमा आज देउवाले केही पछि थप्ने गरी कार्यसम्पादन समिति सदस्यको नाम प्रस्ताव गर्ने नेता प्रकाशशरण महतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *