राजनीति

यि हुन कांग्रेसका कार्यसम्पादन समितिमा समेटिने सम्भावित नेताहरू

कार्यसम्पादन समिति बनेपछि के हुन्छ ?

संकल्पखबर । नेपाली कांग्रेसका सभापति शेरबहाद्र देउवाले पार्टीको केन्द्रीय कार्यसमपादन समिति गठन गर्न शुक्रवारले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो तीन बजे भर्चुअल माध्यममा हुने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा तय गरिएको छ ।

देउवाले करिब ४० सदस्य हुने गरी कार्यसम्पादन समिति गठन गर्न लागि लागेको एक नेताले पत्रकारहरुसंगको कुराकानीमा बताए। केन्द्रीय कार्यसमितिको सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्री र प्रवक्ता पदेन सदस्य हुने छन् ।

सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३३ जना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्ने छ ।

उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । देउवाले २७ जनासम्म केन्द्रीय सदस्यलाई कार्यसम्पादन समिति सदस्यका रूपमा बैठकमा पेस गर्ने एक नेताले बताए ।

जसमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अजय चौरसियसम्मलाई पहिलो चरणमा समेट्ने देउवाको तयारी छ । स्रोतकाअनुसार कार्यसम्पादनमा बाँकी ६ जनापछि थप्ने गरी देउवाले नाम बैठकमा पेस गर्ने छन् ।

काँग्रेसमा ४६ सदस्यीय कार्यसम्पादन समिति भन्ने भएपछि कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । सभापतिले प्रस्तुत गर्ने ३१ सदस्य र १५ जना पदाधिकारी गरी काँग्रेसमा ४६ सदस्यीय कार्यसम्पादन बन्ने भएको छ ।

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समितिमा समेटिने छन् ।

यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्य रहेन पक्का छ ।

यस्तै केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, सुजाता कोइराला, डा नारायण खड्का, आनन्द ढुङ्गाना, कृष्णचन्द्र नेपाली पोखरेल, जीवनबहादुर शाही, दीपक गिरी र अजयकुमार चौरसियाससम्मको चर्चा छ । जसमा अधिकांश यसअघिको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरू नै यस पटक पनि समेटिने पक्का छ ।

१३ औँ महाधिवेशनपछि बनेको कार्यसम्पादन समितिमा रहेका ७ जना नेता केन्द्रीय समिति बाहिर छन् ।

नेताहरू कुलबहादुर गुरुङ, खुमबहादुर खड्का नरहरि आचार्य, निवर्तमान कोषाध्यक्ष सीतादेवी यादव, प्रदीप गिरी, महेश आचार्य, मानबहादुर विश्वकर्मा र मीनेन्द्र रिजाल केन्द्रीय सदस्य छैनन् ।

०७४ चैतमा खड्काको निधन भइसके छ भने गुरुङ, आचार्य, गिरी र यादवले १४ औँ महाधिवेशनमा भाग नलिएकाले बाहिर छुटेका छन् ।

उपसभापतिमा पराजित महेश, महामन्त्रीमा मिनेन्द्र, सह९महामन्त्रीमा पराजित मानबहादुर पनि केन्द्रीय सदस्य बाहिर छन् ।

मनोनीत गर्न बाँकी २० केन्द्रीय सदस्यमा उनीहरु समेटिए कार्यसम्पादनमा पर्ने पक्का छ ।
‘सभापतिज्यू पार्टीका पुराना नेतालाई समेटेर जाने मुडमा हुनुहुन्छ । भोलि कार्यसम्पादन समितिलाई पूर्णता दिनुहुन्‍न ।

केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । भोलि मनोनीत गरेको सिनियर मान्छेलाई कार्यसम्पादन समितिमा हाल्ने मन हो,’ ती नेताले भने । ती नेताका अनुसार देउवाले बारम्बार सिनियर नेतालाई कहीँ पनि बाहिर नछोड्ने कुरा बारम्बार गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *