रिबन

एकताको आधारलाई बलियो बनाउन हिन्दुराष्ट्र आवश्यक छः कमल थापा

संकल्पखबर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले एकताको आधारलाई बलियो बनाउनका लागि हिन्दुराष्ट्र आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले सयौँ थुँगा फूललाई मालामा गाँस्न धागो चाहिने र त्यो धागो सनातन धर्म भएको जनाए ।

सयौँ थुँगा फुललाई मालामा गाँस्न धागो चाहिन्छ । हाम्रो धार्मिक, साँस्कृतिक र सामाजिक परिवेशमा त्यो धागो सनातन धर्म हो । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भनेका हौं,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *