काठमाण्डौं ।नेपालमा माघे संक्रान्ति माघ १ गते मनाउने गरिन्छ । थारु समुदायले यसलाइ विशेष रुपमा मनाउँछन भने पहाडी भेगमा पनि माघे संक्रान्ति खुव मनाइन्छ । तर,संघिय नेपालमा अनौठो काम भएको छ । माघ १ गते मनाउने माघे संक्रान्तिको पनि हेक्का नराखी लुम्विनी प्रदेशले माघ २ गते माघे संक्रान्ति भन्दै विदा दिएको छ ।
प्रदेश राजपत्रमा माघ २ गते सार्वजनिक विदा भन्दै माघे संक्रान्ति भनेर उल्लेख गरिएको छ । यो सुचना सार्वजनिक भएपछि यसको वारेमा खिसिटयुरी हुन थालेको छ ।





